+
+

राष्ट्रिय महिला हक्कीको सेमिफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते २२:४३

१७ फागुन, जनकपुर । प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । 

बिहीबार भएको समूह चरणको अन्तिम तीन खेलपछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो ।

समूह ए बाटत्रिभुवन आर्मी क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बी बाट सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल पुगेका हुन् ।

शुक्रबार हुने पहिलो सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ भने दोश्रोमा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी विरुद्ध खेल्ने छ ।

समूह ए अन्तर्गत बिहीबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–१ गोलले पराजित गर्दै समूह चरणमा अपराजित रह्यो । आर्मी समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।  । आर्मीका ‘प्लेयर अफ द म्याच’ सीतामाया बल र कमला चन्दले २–२ तथा सीमा खड्का र ममता भट्टले १–१ गोल गरे । मधेशकी भूमिकाकुमारी महतोले सान्त्वना गोल फर्काइन् । दुईमा जित र एक हार बेहोरेको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी समूह ए को उपविजेता बन्यो ।

यस्तै बिहीबारै भएको समूह बी को खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५–० ले हरायो । सुदूरपश्चिमका लागि सन्जनाकुमारी भरातीले ह्याट्रिक गरिन् भने बुलबुल कुमारीले २ गोल थपिन् । सुदूरपश्चिमकी सरिता उराव झागढ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

जितपछि सुदूरपश्चिम अपरिजत रहँदै समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । पराजित भएपनि लुम्बिनी समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुग्यो ।

प्रतियोगितामा दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ भने फाइनल र तेस्रो स्थानको लागि खेल शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?