+
+

राष्ट्रिय महिला हक्कीमा आर्मीको विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते २१:३६

१४ फागुन, जनकपुर । त्रिभुवन आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।

जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ गोलले पराजित गर्‍यो । आर्मीका डमरा भट्टले २ र निलिमा पाण्डेले १ गोल गरे । मदन भण्डारीकी ‘प्लेयर अफ द म्याच’ सपना मण्डलले १ गोल गरिन् ।

अन्य खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशले सफलता पाए । कोशीले मधेश प्रदेशलाई ३–२ गोलले हरायो । कोशीकी सुप्रिया टिगाले २ तथा ‘प्लेयर अफ द म्याच’ हर्सिता कनौजियाले १ गोल गरे । मधेशका लागि प्रीति र शुभम्ले गोल गरे । लुम्बिनीले बागमती प्रदेशमाथि ५–० को सहज जित रच्यो । लुम्बिनीका ‘प्लेयर अफ द म्याच’ अनन्य बर्नवालले ह्याट्रिक गरिन् भने अर्चना साहिब र अर्टिकुलरकुमार बर्मायडले समान १–१ गोल थपे ।

प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजकसहित जम्मा ८ टिम सहभागी छन् । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता फागुन १९ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?