+
+

प्रधानमन्त्री संसदीय समितिको छलफलमा जाने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १०:५५

१६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संसदीय सिमितिको छलफलमा सहभागी हुने भएका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।  बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको अवस्थाकाबारेमा जानकारी लिने कार्यसूची छ ।

यसका साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूका सम्बन्धमा छलफल गरिने समितिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?