+
+

दीपेन्द्र सिंह ऐरीले २८ बलमा बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १४:४५

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा १८५ रनको लक्ष्य पछ्याएको नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

उनले २८ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतकसँगै नेपालले १८.१ ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको छ ।

नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए ।

कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?