+
+

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १ गते १८:०९

१ वैशाख, काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् ।

दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् ।

दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए ।

नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?