+
+

दाङ क्रिकेट लिग : तुलसीपुर र घोराहीको दोश्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १८:५२

१६ फागुन, घोराही । दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्।

घोराही क्रिकेट मैदानमा सम्पन्न खेलहरुमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुकरी वारियर्सलाई पराजित गर्यो।

पहिलो खेलमा तुलसीपुर रोयल्सले दोश्रो जित दर्ता गर्ने क्रममा पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्यो। तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।

पुरनधाराको ब्याटिङमा कृष्ण कार्कीले सर्वाधिक १७ रन योगदान दिए। राजविर सिंहले १४, कप्तान मोहन खत्रीले १३ तथा राजु रिजालले १२ रन योगदान दिए। तुलसीपुर रोयल्सका तीव्र गतिका बलर रुपेश सिंहले ४ ओभरमा मात्र ८ रन खर्चिएर ३ विकेट लिए । भुवन कार्की, दिवान पुन र विनोद कुमार बिकले १(१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षेतीमा १०८ रन बनायो।

तुलसीपुरको लागि प्लेयर अफ द म्याच समेत घोषित दिवान पुनले ४४ बलमा ४ चौकासहित सर्वाधिक ३७ रन योगदान दिए । बिराट सिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पुरनधाराको लागि सुजल ओलीले २ विकेट लिए । कृष्ण कार्की, हरिश केसी, मोहन खत्री र दिपेन्द्र रावतले १(१ विकेट लिए।

दोश्रो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो। देउखुरीले दिएको १०३ रनको लक्ष्य घोराहीले १८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि प्लेयर अफ द म्याच घोषित दीपेश कँडेलले सर्वाधिक २६ रन बनाए । यु(१९ राष्ट्रिय क्रिकेटर समेत रहेका कँडेलले २१ बलमा ३ चौका प्रहार गरे। यस्तै अर्जुन घर्तीले २५, मनोज पुनले १२ तथा दीलिप नाथले १० रन बनाए। देउखुरीका आषिश ओलीले २ तथा नारायण जोशी, विशाल विक्रम केसी र सुभम खनालले १र१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको देउखुरी वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १०२ रन बनायो। देउखुरीको लागि प्रज्वल बहादुर थापाले सर्वाधिक २३ रन बनाए। यस्तै आशिष ओलीले १७, सुभम खनालले १३, आवाज गौतमले १२ तथा दिपक बोहराले ११ रन बनाए।

घोराही टाइगर्सका रबिन थापा र मिलन बुढाथोकीले २र२ विकेट लिए। यस्तै दिपेश कंडेल, युनिश विक्रम सिंह र अर्जुन घर्तिले १र१ विकेट लिए।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट ब्याटर, बलर तथा उदीयमान खेलाडीले समान १०र१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?