+
+

नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदै ‘महाजात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते २१:२३

काठमाडौँ । फिल्म ‘महाजात्रा’ स्वदेशसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ । यो फिल्मलाई विदेशमा एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको जनाइएको छ । यो फिल्म नेपाल र विदेशमा एकसाथ चैत ९ गते रिलिज हुनेछ ।

एमएसएम इन्टरटेनमेन्टले पनि विभिन्न मुलुक र क्षेत्रमा स्थानीय वितरकलाई रिलिजको जिम्मा दिएको छ । जसअनुसार अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडोले जिम्मा लिएका छन् ।

मध्यपूर्वमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिष्ट्रिब्युसन, युरोपमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, दक्षिण कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई रिलिज गर्न लागेका हुन् ।

‘जात्रा’का अघिल्ला दुबै श्रृंखलाले दर्शकको मन जितेकाले तेस्रो सिक्वेलको पनि प्रदर्शन थालिएको एमएसएमले उल्लेख गरेको छ । वितरक छत्र थापाले प्रवासमा रहेका षट्कोण आर्ट्सको ब्राण्ड भ्यालुप्रतिको विश्वसनियताले यो फिल्म रिलिज गर्न आफूहरु अग्रसर रहेको बताए ।

एमएसएमको रिलिज लाइनअपमा ‘पुजार सार्की’,‘घर ज्वाईं’, ‘रीमै’ छन् । ‘महाजात्रा’का कार्यकारी निर्मातासमेत रहेका अभिनेता बानियाँले ‘जात्रा’ श्रृंखलाको सफलता र दर्शकको मागले यो फिल्म बनेको बताए । ‘दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत श्रृंखलालाई निरन्तरता दिन हौसाएको हो’, बानियाँले भने ।

आपतकालिन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘महाजात्रा’को लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका हुन् ।

हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव पन्त, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?