+
+

‘महाजात्रा’ले सिड्नीमा ‘जात्रै जात्रा’को कमाईलाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते २०:३०

काठमाडौं । ‘महाजात्रा’ले अष्ट्रेलियाली सहर सिड्नीमा फिल्मको अघिल्लो श्रृंखला ‘जात्रै जात्रा’को कमाईलाई उछिनेको छ । निर्माताले सोमबार जनाएअनुसार शोको आधारमा फिल्मले उपलब्धी हासिल गरेको हो ।

फिल्मको अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेनमेन्टका अनुसार ‘जात्रै जात्रा’ले बनाएको २७ शोको रेकर्ड उछिन्दै ‘महाजात्रा’ले शनिबारसम्म शोको संख्यालाई उछिनेको छ ।

सिड्नीको स्थानीय वितरक रोटेपिङका रोशन भट्टराईका अनुसार ‘जात्रै जात्रा’को शोज संख्यालाई महाजात्राले उछिनेको हो । ‘हाम्रो फिल्मले बनाएको अघिल्लो रेकर्ड सबै आजदेखि तोडेको छ । महाजात्राले सिड्नीमात्र नभई अष्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ’, वितरक भट्टराईले भने ।

डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीसहित अमेरिका, क्यानडा, युरोप, मध्यपूर्व, बेलायतमा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ ।

कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले छिट्टै सम्पूर्ण देशको शो संख्या र व्यापारको विषयमा जानकारी गराउने बताए । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म नेपालमा चौंथो सातामा प्रदर्शनरत छ ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मले स्वदेश र विदेशमा राम्रो कमाइ गरेको जनाइएको छ ।

फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, प्रकाश घिमिरे, हरिवंश आचार्य, दिव्य देव लगायतको अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले फिल्म निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?