+
+

‘महाजात्रा’ हेरेपछि बाबुराम : नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:१४

काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमूलक बनेको बताएका छन् । क्यूएफएक्सको छाया हलमा मंगलबार बेलुका फिल्म हेरेपछि उनले भने, ‘देशमा सुशासन, समृद्धिको कुरा गर्छौँ तर भ्रष्टाचार र बेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ ।’

राजनीतिज्ञले सत्यलाई स्वीकार्न सक्नुपर्ने उनले बताए । ‘परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । मैले फिल्म हेरिरहँदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँसु रोक्न सकिन । फिल्म हेरेर आनन्द आयो ।’

यस्ता फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै उनले लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका पक्ष मनपरेको बताए । ‘यो फिल्म आमदर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन्छु । ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस्’ उनले भने ।

भट्टराईको प्रतिक्रिया लिन पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममार्फत दिएको सन्देशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए । ‘हामीले सक्किने कि सच्चिने ? भन्ने प्रश्न फिल्ममा उठाएका छौँ । यसपटक मनोरञ्जनसँगै फिल्मकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ । देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ’, निर्देशक भट्टराईले भने ।

निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले नेपालसँगै विदेशमा समेत उत्साहजनक व्यापार गरिरहेको बताए । ‘यसले अहिले हामीलाई लाभ दिएता पनि विदेशमा नेपाली फिल्मको बजार विस्तारका साथै बलियो बनाउन उल्लेख्य मद्दत पुगेको छ’ उनले भने ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल शाह लगायतले यो फिल्म हेरेका छन् । यो सोसल-कमेडी फिल्म चैत ९ गतेदेखि प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?