+
+

नयाँ वर्षको घरेलु बक्स अफिसमा ‘महाजात्रा’ बलियो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १३:३६

काठमाडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ चौथो सातामा प्रदर्शन भइरहेको छ । रोचक के छ भने यो अवधिमा पनि फिल्मको गति धीमा छैन । चौथो सप्ताहन्तको घरेलु बक्स अफिसमा यो सोसल-कमेडी फिल्मको कमाइ उत्साहजनक देखियो ।

चौथो आइतबार पनि प्रमुख मल्टिप्लेक्समा अकुपेन्सी ३० देखि ५० प्रतिशत हाराहारीमा छ, जुन उत्साहप्रद हो । नयाँ वर्षको पहिलो दिन शनिबार फिल्मले पाएका अधिकांश शोको अकुपेन्सी लगभग ‘हाउसफुल’ रह्यो ।

यो ट्रेन्ड हेर्दा महाजात्राले दर्शकको राम्रै साथ पाएको देख्न सकिन्छ । २०८० सालको चैत ९ गते रिलिज भएको ‘महाजात्रा’ले परिवारलाई फिल्म हलसँग जोड्न ठूलो भूमिका खेल्यो । यो वस्तुगत पाटोलाई समीक्षकले पनि सकारात्मक भनेका छन् ।

खासगरी काठमाडौं र मोफसलमा प्रमुख मल्टिप्लेक्समा महाजात्राको शनिबारीय शो खचाखच देखियो । हलमा पुगेर टिकट नपाएको जस्ता सन्देश सामाजिक सञ्जालमा आफूलाई प्राप्त भएको निर्देशक भट्टराईले बताए ।

षट्कोण आर्ट्सको यो फिल्मले नेपाल र डायस्पोरामा उत्कृष्ट कमाइ गरेको जनाइएको छ । फिल्ममा विपिन कार्की, रवीन्द्र झा, रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउत, दिव्यदेव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?