+
+

‘महाजात्रा’ को दुई सातासम्मको कमाइबारे के भन्छन् निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १२:००

काठमाडौं । प्रदर्शनरत् फिल्म ‘महाजात्रा’ले देश तथा विदेशमा उत्साहजनक कमाइ गरेको यसका निर्माताले बताएका छन् । निर्माता कम्पनी षट्कोण आर्ट्सद्वारा प्रेषित विवरणमा फिल्मको दुई सातासम्मको देशव्यापी ग्रस कलेक्सन १० करोड १४ लाख रुपैयाँ उल्लेख छ ।

पहिलो साता ६ करोड २४ लाख ग्रस र दोस्रो सातामा ३ करोड ९० लाख ग्रस कलेक्सन गरेको निर्माताको भनाइ छ । चलचित्र विकास बोर्डले पनि केही दिनमा २०८० सालमा रिलिज भएका फिल्मको कमाइ सार्वजनिक हुने जनाएको छ ।

यो सन्दर्भमा प्रदीप भट्टराई निर्देशित फिल्मको कमाइबारे निर्माताले जानकारी दिएका हुन् । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले पारिवारिक दर्शकलाई हलसम्म तान्न सकेको बताए ।

‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ । उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्तुष्ट पार्नु नै हाम्रो सफलता हो,’ निर्माता खत्रीले भने, ‘हामीले नेपालसँगै विदेशमा पनि उस्तै व्यवसाय भएको विवरण प्राप्त गरेका छौं । प्रवासमा आयोजित शोहरू सोल्डआउट भएको देख्दा हर्षित भएका छौं ।’

भारतबाहेकको फिल्म वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार अष्ट्रेलियामा दुई सातामा ५७ शो प्रदर्शन भएको छ । अमेरिकामा ५० शो, न्युजिल्याण्डमा १२ शो, युरोपमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो प्रदर्शन भइसकेको छ ।

मध्यपूर्व र मलेसियामा पनि फिल्मले राम्रो कमाइ गरेको निर्माताको भनाइ छ । चैत ९ गतेदेखि प्रदर्शनमा आएको यो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?