+
+

‘बोक्सीको घर’ बुधबार पनि देशभर आक्रामक, ‘मनसरा’को अग्रिम टिकट बिक्री सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १२:१७

काठमाडौं । अन्तर्राष्ट्रिय मजदूर दिवसको सार्वजनिक बिदाको अवसरमा बुधबार ‘बोक्सीको घर’ले देशव्यापी आक्रामक कमाइ गर्ने देखिएको छ । बिहानदेखि बेलुकासम्मको अकुपेन्सी ७० देखि १०० प्रतिशत देखिन्छ ।

मुख्य मल्टिप्लेक्स चेनमा बिहान र मध्यान्हका सबै शो लगभग हाउसफुल छन् । अपरान्ह र बेलुकीका शो पनि हाउसफुल हुने क्रममा छन् । पोखरा, नारायणगढ, बुटवल, इटहरी र विराटनगरका हल पनि भरिएका छन् ।

फिल्मले चौथो दिन सोमबारसम्म ३ करोड २४ लाख रुपैयाँ ग्रस कमाइ गरेको वितरण कम्पनी टी-फोकले जनाएको छ । यदि ‘बोक्सीको घर’को लहर यही गतिमा अघि बढ्ने हो भने दोस्रो सप्ताहन्त (शुक्रबार र शनिबार) पनि फिल्मले उछाल कमाइ गर्न सक्छ ।

मनसरा’को एड्भान्स टिकट बिक्री खुला

क्यूएफएक्स, आईएनआईसहितका मल्टिप्लेक्स चेन र अन्य हलमा उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को अग्रिम टिकट बिक्री खुला भएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो दिएको छ । वान सिनेमाजले १२ शो दिएको छ ।

शो संख्या राम्रै भएपनि ‘मनसरा’को ओपनिङ कस्तो हुनेछ भन्ने कुरा तत्काल यकिन गर्न सकिने अवस्था छैन । एकातिर ‘बोक्सीको घर’को ‘वेभ’ चलिरहेको छ भने अर्कोतिर हलिउडको ‘फल गाइ’ पनि आउँदैछ । यी चुनौतीबीच ‘मनसरा’को सम्भावित ओपनिङको चित्र बिहीबार बेलुकासम्म तय हुनसक्छ ।

‘मनसरा’मा मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, दयाहाङ राई लगायतको अभिनय छ । यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले देशव्यापी वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?