+
+

वैशाखमा १२ फिल्मले लिए निर्माण इजाजत, सूचीमा प्रकाश सपूतका दुई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १२:३४

काठमाडौं । २०८१ सालमा फिल्म निर्माणको क्रम वृद्धि हुने देखिएको छ । वैशाख महिनामा मात्र १२ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् ।

सम्मान इन्टरटेनमेन्ट प्रालिले ‘होस्टेल ३’ निर्माणको लागि अनुमति लिएको छ । सन्तोष कँडेल (सशान)ले निर्माण तथा निर्देशन गर्ने यो फिल्मको बजेट एक करोड ६५ लाख उल्लेख छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले फिल्म ‘महाराजधिराज’ बनाउन इजाजत लिएको छ । टोपेन्द्र विष्टको निर्माण र परिच्छेद सेनको निर्देशन रहने यो फिल्मको बजेट डेढ करोड रुपैयाँ उल्लेख छ ।

सिने भ्यू प्रोडक्सन प्रालिले फिल्म ‘झड्केलो’ निर्माणको अनुमति लिएको छ । शिव सुनुवार मुखियाले निर्देशन गर्ने यो फिल्ममा शिशिर बाङ्देल र सुनिता लुङ्वा कलाकारको रुपमा उल्लेख छ । यसको बजेट ६० लाख तय छ ।

नरदेवी फिल्म्स प्रालिले ‘लगन’ निर्माणको इजाजत लिएको छ । सरोज कँडेलले निर्देशन गर्ने फिल्मको बजेट ७५ लाख उल्लेख छ । केकीको अधिकारीको ‘बोक्सीको घर’ले पनि वैशाखमै निर्माण इजाजत लिएको देखिन्छ, जसको बजेट एक करोड उल्लेख छ ।

भीम लामा फिल्म्सले ‘लडाइँ पहिचानको’ बनाउन इजाजत लिएको छ । लामाले नै निर्देशन गर्ने यो फिल्मको बजेट ७५ लाख तय छ । बैदेही मिडिया प्रालिले फिल्म ‘लेबर’ निर्माणको लागि निर्माण अनुमति लिएको छ । पूर्णेन्दु झाले निर्देशन गर्ने यो फिल्मको बजेट ९० लाख उल्लेख छ ।

जेपीटी क्रिएसन प्रालिले फिल्म ‘लाज शरणम्’ बनाउन अनुमति लिएको छ । कुमार कट्टेलको निर्माण तथा निर्देशन रहने यो फिल्ममा अर्जुन घिमिरे र हरिप्रसाद निरौलालाई कलाकारको रुपमा उल्लेख छ । यो फिल्मको बजेट ५० लाख उल्लेख छ ।

द स्काई ओसिएन इन्टरटेनमेन्टले ‘बा मेरा बा’ फिल्म बनाउन इजाजत लिएको छ । समुन्द्र भट्टले निर्माण तथा निर्देशन गर्ने यो फिल्ममा कलाकारको रुपमा प्रकाश सपूत, देवेन्द्र बब्लु र प्रतीक्षा खड्का तय छन् । बजेट २ करोड ५ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

यस्तै गलबन्दी प्रोडक्सन प्रालिले फिल्म ‘वसन्त’ बनाउन निर्माण इजाजत लिएको छ । प्रकाश सपूतले निर्माण तथा निर्देशन गर्ने यो फिल्मको बजेट ३ करोड रुपैयाँ उल्लेख छ ।

एविड्ज नेपाल प्रालिले फिल्म ‘मेयर सिंह’ बनाउन इजाजत लिएको छ । सुवास देवकोटाले निर्देशन गर्ने यो फिल्म भोजपुरी भाषामा बन्न लागेको हो र यसको बजेट ३ करोड तय छ ।

मुईन इन्टरटेनमेन्ट प्रालिले ‘जन्ते बाख्रो’ बनाउन अनुमति लिएको छ । सन्तोष गौतमले निर्माण गर्ने यो फिल्मको निर्देशन सिमोस सुनुवारले गर्ने उल्लेख छ । यसको बजेट एक करोड उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?