News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
- पशुपतिनाथ क्षेत्रमा आयोजित वृक्षारोपण कार्यक्रममा कलाकार मिथिला शर्मा, गौरी मल्ल र अध्यक्ष दिनेश डीसीले बालकलाकार समाइरा थापासँगै बिरुवा रोपे ।
- बोर्डले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘रक्तदान महादान’ अभियान चलाउँदै आइतबार परिसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डले २६औं वार्षिकोत्सवको छेकोमा रक्तदान र वृक्षारोपण कार्यक्रम गरेको छ । शनिबार पशुपतिनाथ क्षत्रस्थित विश्वरुप मृगस्थलीमा वृक्षारोपण गरियो ।
सरकारले सञ्चालन गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’लाई साथ दिँदै बोर्डले उक्त कार्यक्रम गरेको हो । स्वच्छ वातावरणको मौलिक हक, वातावरणीय सन्तुलनसम्बन्धी राज्यको नीति तथा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने नेपालको प्रतिबद्धतालाई स्मरण गराउँदै चलचित्रकर्मीबाट वृक्षारोपण कार्यक्रम गरिएको छ ।
फिल्म ‘लालीबजार’की बालकलाकार समाइरा थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शनिबार मात्र देशभर ५१ दिन मनाउन सफल यो फिल्मकी कलाकारलाई लिएर वृक्षारोपण गरिएको हो । कलाकार मिथिला शर्मा, गौरी मल्ल र बोर्ड अध्यक्ष दिनेश डीसीले थापासँगै बिरुवा रोपे ।

आइतबार बोर्डको परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरियो । कार्यक्रममा चलचित्रकर्मी, निर्देशक, निर्माता तथा शुभेच्छुक सहभागी थिए ।रक्तदान महादान भन्ने अभियान स्वरुप सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया 4