+
+

युभेन्टसका मिडफिल्डर पउल पोग्बामाथि ४ वर्षको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १८:३३

१७ फागुन, काठमाडौं । युभेन्टसका मिडफिल्डर पउल पोग्बामाथि ४ वर्षको प्रतिबन्ध लागेको छ ।

प्रतिबन्धित औषधि प्रयोग गरेको अभियोगमा उनीमाथि फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेको हो । उनलाई इटालीको राष्ट्रिय एन्टी डोपिङ ट्रिब्युनल (नाडो) ले प्रतिबन्ध लगाएको हो ।

दोस्रो नमूनामा पनि उनी असफल भएपछि एन्टी डोपिङ अभियोजकको कार्यालयले अधिकतम चार वर्ष निलम्बन अनुरोध गरेको थियो ।

यसअघि सेप्टेम्बरमा भएको एन्टी टोपिङ परीक्षणका क्रममा उनको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढेको पाइएपछि उनलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो ।

युभेन्टसको सिजनको पहिलो खेलपछि अगस्ट २० मा र्‍याण्डम परीक्षण गर्ने क्रममा ३० वर्षीय फ्रान्सेली मिडफिल्डर पोग्बाको एन्टी डोपिङ परीक्षण गरिएको थियो ।

सन् २०११-२०१२ र २०१६-२०२२ मा इ‌ंग्लिस क्लब म्यानेचस्टर युनाइटेडबाट खेलेका उनले अरु समय युभेन्टसबाट खेलेका थिए  । उनले फ्रान्सको सिनियर टिमबाट ९१ खेल खेल्दै ११ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?