+
+

‘मर्निङ वाक’ निस्किएका पोखराका तेजराज ओझा २१ दिनपछि मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १०:३२

१८ फागुन, पोखरा । घरबाट हराएको २१ औं दिनमा सेती नदी किनारमा पोखरा-३० का तेजराज ओझा मृत फेला परेका छन् । सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको हो ।

माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो । पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझा सेतीमा फेला परेको र बिहीबारै अन्ति दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार सेतीको बाँध खोल्नु अगाडि नै ओझाको शव फेला परेको कास्की प्रहरी कार्यालयका प्रहरी निरीक्षण सूर्य रानाले जानकारी दिए । ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

?पा गाउँपालिकाबाट पोखरा–३० मा बसाइँ सरेका ओझा लामो समयमा भारतमा नोकरी गरेर फर्केका थिए । ओझाका २ छोरी छन् ।

परिवारका सदस्यले पनि उनी किन त्यसरी हराए र मृत्युसम्म पुगे भन्ने पत्ता लगाउन नसकेको आफन्तसमेत रहेका वडानम्बर २ अध्यक्ष राजन सुवेदीले जानकारी दिए ।

ओझालाई सुगर, प्रेसर पनि भएको र औषधि पनि नलगी गएकोले शंका लागेर उनकी छोरी स्मृति ओझाले अमेरिकादेखि खोजीका लागि अपिल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?