+
+

विद्यालयबाट घर फर्किने क्रममा चितवनमा १३ वर्षीय बालक बेपत्ता 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते २३:०३

१९ फागुन, चितवन । विद्यालयबाट घर फर्किने क्रममा चितवनमा एक बालक बेपत्ता  भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं. १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. १३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए ।

विद्यालयले शनिवार राखेको ट्युसन पढ्न भनेर भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उनी विद्यालय गएका थिए । दिउँसो १.३५ बजेदेखि उनी बेपत्ता  भएको र खोजी कार्य भैरहे पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

ती बालक अन्य दिन विद्यालयकै बसमा विद्यालय आउने–जाने गरे पनि आज शनिवार भएकाले म्याजिक भ्यान चढेर विद्यालय आएका गएका थिए ।

उनी पढेर स्कुलको गेटबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको उनका ठूलोबुवा कमल बरालले जानकारी दिए ।

बालकका आफन्तले निकेशको खोजतलासको माग गर्दै इलाका प्रहरी कार्यालय गीतानगरमा निवेदन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?