+
+

अन्तिम समयमा गोल गर्दै लिभरपुल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १०:००

२० फागुन, काठमाडौं । डार्विन नुनेजले बेन्चबाट आएर अन्तिम समयमा गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई १-० ले पराजित गरेको छ ।

नुनेजले दोस्रो हाफको इन्ज्युरी टाइमको नवौं मिनेटमा हेड मार्फत गोल गरेपछि लिभरपुलले ३ अंक जोड्न सफल भएको हो । नुनेज ६०औं मिनेटमा एन्ड रोबर्टसनको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो जितपछि शीर्ष स्थानको लिभरपुलले ४ अंकको अग्रता पनि लिएको छ । लिभरपुलको २७ खेलबाट ६३ अंक भएको छ ।

एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ५९ अंक छ ।

यस्तै चौथो स्थानमा रहेको एस्टन भिल्लाले लुटन टाउनलाई ३-२ ले हरायो । जितपछि भिल्लाको २७ खेलबाट ५५ अंक पुगेको छ ।

यस्तै अन्य खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई ३-१ ले हराउँदा वेस्टहमले एभरटनलाई ३-१, फुलहमले ब्राइटनलाई ३-० र न्युकासल युनाइटेडले उल्भ्सलाई ३-० लाई हरायो । ब्रेन्टफोर्ड र चेल्सीले २-२ को बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?