+
+

एकै खेलमा ४ गोल गर्ने पाल्मर, प्रिमियर लिगको गोल्डेन बुटमा दाबेदारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १४:१८

४ चैत, काठमाडौं । मंगलबार प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित मिडफिल्डर कोल पाल्मरले ४ गोल गरे ।

निकै लयमा देखिएका पाल्मरले २९ मिनेटभित्र ह्याट्रिक गरेका थिए । उनले जारी सिजन प्रिमियर लिगमा आफ्नो गोलसंख्या २० पुर्‍याइसकेका छन् ।

पाल्मरले सर्वाधिक गोल गर्नेमा म्यानचेष्टर सिटीका एर्लिङ हालान्डसँगै गोल्डेन बुटको रेसमा आफूलाई पनि उभ्याएका छन् ।

पाल्मरको लागि यो धेरै ठूलो उपलब्धी हो । किनभने समरमा म्यानचेष्टर सिटीबाट चेल्सी जानुअघिसम्म २१ वर्षीय पाल्मरले कहिल्यै लिगमा गोल गरेका थिएनन् ।

त्यसपछिको ७ महिना बित्दा इंग्ल्याण्डका यी स्टार खेलाडी लिगको सर्वाधिक गोलकर्ता बन्ने होडमा देखिएका छन् ।

‘सुपर सब’ देखि मुख्य खेलाडीसम्म

नोभेम्बरमा पाल्मरले नियमित खेल्ने समय पाउनका लागि ब्वायहुड क्लबबाट वेष्ट लण्डन गएको बताएका थिए । उनले गत सिजन सिटीका लागि २५ खेल खेलेका थिए । त्यसमा जम्मा ७ खेलमा मात्र पहिलो रोजाईँमा खेलेका थिए ।

त्यसको विपरीत यस सिजनमा भने ४३ खेल खेलेर २५ गोल गरिसकेका छन् । पाल्मरका लागि चेल्सीले ४२ मिलयन पाउण्ड खर्चिएको थियो । जुन अहिले सही देखिएको छ ।

यस सिजन पाल्मर गज्जबको लयमा छन् र सन् २०१६-१७ मा डिएगो कोस्टाले २० गोल गरेयता चेल्सीका लागि २० गोल गर्ने पाल्मर नै पहिलो खेलाडी बनेका छन् ।

चेल्सीले यस सिजन अझ लिगमा ७ खेल खेल्न बाँकी छ । ‘तपाई उसले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सक्नुहुन्छ । तर उनको प्रदर्शन गज्जबको छ र टिमको लागि राम्रो गरिरहेका छन् । चेल्सीका म्यानेजर माउरिसियो पोचटिनोले बीबीसी म्याच अफ दि डे सँग भने, ‘उनले चार गोल गर्दा म खुशी छु ।’

एभर्टनको डिफेन्सलाई ध्वस्त पार्ने पाल्मर

एभर्टनविरुद्धको खेलमा पाल्मरले पहिलो तीन गोल उत्कृष्ट ढंगमा गरेका थिए । बायाँ खुट्टा, हेड र दायाँ खुट्टाले । ग्रेसनोटले २००८-०९ मा डेटा रेकर्ड गर्न थालेयता प्रिमियर लिगमा यो परफेक्ट ह्याट्रिक भएको सबैभन्दा छिटो हो ।

उनले १३औं मिनेटमा गोलको खाता खोलेका थिए । निकोलस ज्याक्सनसँग वान टु वान खेल्दै एभर्टनका डिफेन्डर जारार्ड ब्राथवेइटलाई छक्याउँदै बटम कर्नरमा उत्कृष्ट कर्लिङ प्रहार गरेका थिए ।

पाँच मिनेटपछि उनले ज्यासनको सट रिबाउन्ड हुँदा त्यसमा हेड गोल गरे । २९औं मिनेटमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

दोस्रो हाफमा उनले पेनाल्टी पाए र त्यसमा गोल गर्दै चौथो गोल गरे । ‘यो एकदमै चाँडो भयो’, पाल्मरले स्काई स्पोर्ट्ससँग भने , ‘पहिलो गोल मेरो फेभरेट थियो ।’

एकै खेलमा चार गोल गरेपछि पाल्मरले केही कीर्तिमान पनि बनाए ।

पाल्मर प्रिमियर लिगमा पहिलो हाफमा ह्याट्रिक गर्ने चेल्सीका पहिलो खेलाडी बने । यस्तै घरेलु मैदानमा लिगमा लगातार ह्याट्रिक गर्ने उनी दोस्रो खेलाडी बने । यसअघि डिडियर ड्रोग्बाले सन् २०१० मे- अगस्टमा यस्तो सफलता पाएका थिए ।

पाल्मर स्टामफोर्ड ब्रिजमा प्रिमियर लिगमा लगातार ७ खेलमा गोल गर्ने चेल्सीका पहिलो खेलाडी बनेका छन् ।

उनी चेल्सीका लागि डेब्यु सिजनमै २० गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि २०००-०१ मा जिमी फ्लायड हासलबाइपले २३ तथा २०१४-१५ मा डिएगो कोस्टाले डेब्युमै २० गोल गरेका थिए ।

पाल्मरले प्रिमियर लिगमा हानेको ९ पेनाल्टीमध्ये सबै गोल गरेका छन् । याया टुरेले मात्र ११ पेनाल्टी हान्दा ११ वटैमा गोल गरेका थिए ।

गोल्डेन बुटमा पाल्मरलाई कसको चुनौती ?

यसको निश्चित जवाफ भनेको एर्लिङ हालान्ड नै हो । जसले गत सिजन ३५ खेलमा कीर्तिमानी ३६ गोल गरेका थिए । तर हालान्डले चोटका कारण पहिले जस्तो गोल गर्न सकेका छैनन् । उनले सिटी र नर्वेका लागि पछिल्लो ८ खेलमा जम्मा २ गोल मात्र गरेका छन् ।

पाल्मर र हालान्ड दुवैको समान २० गोल छ ।

ओली वाट्किन्सले पाल्मर र हालान्डभन्दा एक कम अर्थात १९ गोल गरेका थिए । एस्टन भिल्लाका लागि वाट्किन्सको गोल प्रिमियर लिगमा संयुक्त रुपमा सर्वाधिक हो । यसअघि सन् २०१२-१३ मा क्रिस्टियन बेनेटेकले १९ गोल गरेका थिए ।

यसबाहेक लिभरपुलका मोहमद सालाह, बर्नमाउथका डोमिनिक सोलान्क र न्यूक्यासलका अलेक्जान्डर आइस्याकले समान १७ गोल गरेका छन् ।

टोटनहमका सन हेउङ मिन र वेष्ट ह्यामका जारोर्ड बोवेनले १५ गोल गरेका थिए ।

पाल्मर अहिले प्रिमियर लिगका गोल गर्नेमा सबैभन्दा लयमा भएका खेलाडी हुन् । उनले सबैखाले प्रतियोगितामा गरी पछिल्लो ६ खेलमा ११ गोल गरेका छन् ।

पाल्मरको प्रदर्शनबाट धेरै जना प्रभावित छन् र धेरैले उनलाई इंग्लिस टिममा देख्न चाहेका छन् ।

पाल्मरले इंग्ल्याण्डका लागि जम्मा २ खेल मात्र खेलेका छन् । उनलाई ह्यारी केनको उत्तराधिकारीको रुपमा समेत हेर्न थालिएको छ ।

बीबीसीबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?