+
+

टिम एघारद्वारा राष्ट्रिय क्रिकेट टिम सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १८:१८

२० फागुन, काठमाडौं । नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रममा एसियन गेम्स २०२३ मा  भएको नेपाल र भारत बीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरिएकोहो ।

टिम ११ ले उक्त खेलमा चौका प्रहार गर्ने खेलाडीलाई प्रति चौका १० हजार रुपैयाँ, छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का २० हजार रुपैयाँ र विकेट लिने खेलाडीलाई प्रति विकेट २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।

सोही घोषणा अनुरूप दीपेन्द्र सिंह ऐरीले २ विकेट र ४ छक्का प्रहार गरेबापत १ लाख २० हजार रुपैयाँ, सन्दीप जोराले एक चौका र ३ छक्का प्रहार गरेबापत ७० हजार रुपैयाँ, कुशल भुर्तेलले ४ चौका र एक छक्का प्रहार गरेबापत ६० हजार, कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरेबापत ६० हजार, करन के.सीले एक चौका र २ छक्का प्रहार गरेबापत ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

त्यसैगरी आशिफ शेखले एक चौका र एक छक्का प्रहार गरेबापत ३० हजार, सोमपाल कामीले एक विकेट र एक छक्का प्रहार गरेबापत ४० हजार र गुल्सन झाले एक चौका प्रहार गरेबापत १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नगद पुरस्कारका साथमा सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई समेत कार्यक्रममा मायाको चिनोले सम्मान गरिएको थियो ।

नेपालको पहिलो सिपमा आधारित फेन्टासी एप टिम ११ ले नेपालको राष्ट्रिय तथा घरेलु प्रतियोगीताहरुलाई समर्थन तथा सम्मान गदै आएको छ ।

यसअघि पनि नेपालका विभिन्न घरेलु फुटबल तथा क्रिकेट प्रतियोगिताहरूमा खेलाडीहरूको मनोबल उच्च पार्न पुरस्कार प्रदान गरेको थियो ।

नेपाली क्रिकेट टिमले अहिले प्राप्त सफलतालाई कायम राखी आगामी दिनहरूमा थप सफलता प्राप्त गरी नेपाली खेल प्रेमी दर्शकहरूलाई गौरवान्वित बनाउने अपेक्षा रहेको टिम ११ ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?