+
+

‘महाजात्रा’ले पोखराबाट थाल्यो ‘महाकमेडी यात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १८:१४

काठमाडौं । फिल्म प्रवर्द्धन अभियानअन्तर्गत ‘महाजात्रा’ले मोफसल यात्रा थालेको छ । अभिनेता हरिवंश आचार्यसहितको टोलीले पोखरादेखि यात्रा थालेको हो । टुरका लागि फिल्मले कमेडी च्याम्पियनको टोलीसँग सहकार्य गरेको छ ।

ट्रेलर सार्वजनिक गरेपछि सुरु भएको ‘महाकमेडी यात्रा’को पहिलो दिन पोखराको सभागृहमा कार्यक्रम आयोजना गरिएको छ । निर्देशक प्रदीप भट्टराईसहित निर्माता म्याक्स दीपेश खत्री, कलाकार हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ र वर्षा राउत यात्रामा छन् ।

यो ‘महाकमेडी यात्रा’ २२ गते बुटवल र २५ गते धनगढीमा हुनेछ । दोस्रो चरणअन्तर्गत फागुन ३० गते विर्तामोड, चैत १ गते इटहरी, ३ गते हेटौंडा र ४ गते नारायणगढमा हुनेछ ।

कमेडी च्याम्पियनको टोलीमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कमेडियनहरु सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापा लगायत छन् । उनीहरुले रोड शोमा प्रस्तुतिसँगै दर्शकलाई मनोरञ्जन दिनेछन् । साथै, फिल्मको प्रवर्द्धन पनि हुनेछ ।

‘फिल्म रिलिजअघि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौं । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाएका हास्य कलाकारसँगै फिल्मका कलाकार पनि हुनुहुनेछ,’ निर्माता खत्रीले भने ।

चैत ९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मले कालो धनलाई सेतो बनाउँदा आइपर्ने परिस्थितिलाई हास्यव्यंग्यको शैलीमा प्रस्तुत गरेको छ । यो फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?