+
+

महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १३:०७

२२ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् ।

महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् ।

आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराए । आचार्य उत्पादनमूलक उद्योग, व्यापार लगायतका क्षेत्रमा संलग्न छन् ।

यसअघि दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासंघमा रोजगारदाता परिषद्‍को उप सभापति एवम् उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?