+
+

कर्णाली प्रदेशको तेस्रो अधिवेशन आह्वान, पहिलो बैठक ३० गते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते ६:३८

२३ फागुन, कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख ले तेस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?