+
+

इन्स्टा फाइनान्स सेवा मार्फत सामसङ स्मार्टफोन खरिदमा थप सहज

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १७:३५

काठमाडौं । इन्स्टा फाइनान्स सेवा मार्फत सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि थप सहज बनाइएको छ । सामसङले गत वर्षदेखि यो सेवा नेपालमा सुरुवात गरेको थियो ।

विभिन्न कागजी प्रक्रियमा हुने झन्झटिलोलाई सहज बनाउँदै ग्यारेन्टीको रुपमा ग्राहकले आफ्नो नागरिकता साथमा ल्याएर यो सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

दुई/दुई प्रति पासपोर्ट साइजको फोटो र नागरिकता साथमा लिएर नागरिकता जारी भएको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै २० हजार रुपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको ईएमआईमा खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

इन्स्टा फाइनान्सको साथ साथै ग्राहकहरूले १८ वैशाख २०८१ सम्म आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोन लिन सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो अफर अर्कोस्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको छ ।

यस सेवा मार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्यांकनमा थप ५ हजार रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा ३ हजार रुपैयाँ बोनस पाउनेछन् । यी सुविधाहरू नेपाल भरि नै उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?