+
+

नेपालमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने, ८ राष्ट्रका खेलाडीले खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १९:३४

२३ फागुन, काठमाडौं । पिकलबल संघ नेपालको आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ ।

आयोजक पिकलबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै  फागुन २५ र २६ गते हुने नेपाल ओपन इन्टरनेशनल पिकलबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ । दुई दिने प्रतियोगितामा  सातदोबाटोस्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, पोर्चुगल, स्पेन, भारत, सिंगापुर, थाइल्याण्ड गरी ८ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने पिकलबल संघका अध्यक्ष सौरभ भण्डारीले जानकारी दिए ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा १६ वटा पिकलबल कोर्ट बनाएर खेल खेलाइने र प्रतियोगिताको तयारी पूरा भएको भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा नेपालबाट ३५ र विदेशबाट ६५ खेलाडी सहभागि हुने नेपाली टोलीका व्यवस्थपक ज्याक्सन सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा एमेच्योर, इन्टरमिडियट र एडभान्स गरी तीन क्याटोगोरीमा प्रतिस्पर्धा गराइने उनले बताए । जसमा १९ वर्ष माथि, ३५ वर्ष माथि, ५० वर्ष माथि र ६० वर्ष माथिको उमेर समूहमा छुट्टा-छुट्टै प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिन पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सका समूह चरणका खेलहरु हुने र दोस्रो दिन शनिबार पुरुष एकल, महिला एकलतर्फ समूहचरणका खेलहरु हुनेछन् । फाइनल खेल शनिबार हुनेछ ।

सबै स्पर्धामा गरी कूल २७ स्वर्ण, २७ रजत र २७ कांस्यका लागि प्रतिस्पर्धा हुने सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल सुपर लिग एनएसएल छ भने प्रायोजकमा काठमाडौं वर्ल्ड स्कुल, यामाहा नेपाल, सांग्रिला होटल एन्ड रिसोर्ट, पार्क भिलेज रिसोर्ट, तामरिन रेस्टुरेन्ट, सांग्रिला डेभलपमेन्ट बैंक रहेको संघका अध्यक्ष भण्डारीले जानकारी दिए ।

पिकलबल नेपालमा भर्खरै भित्रिएको खेल रहेको र यसबाट नेपाललाई चिनाउने र पर्यटन विकासमा सहयोग गर्ने उद्देश्य रहेको संघका अध्यक्ष भण्डारीले बताए ।

बेलायतमा बस्दै आएका नविन गुरुङले सन् २०१९ मा यो खेल नेपाल भित्र्याएका थिए ।

लन टेनिस, टेबल टेनिस र ब्याडमिन्टन खेलको मिक्सको रुपमा रहेको पिकलबल नेपालमा नयाँ गेम भए पनि विश्वमा एकदमै द्रुत गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय प्याट्रन नविन गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाली खेलाडीले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?