+
+

बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते ९:१५

२४ फागुन, काठमाडौं । काभ्रेको बनेपामा प्रधान कार्यालय रहेका दुई लघुवित्त कम्पनीहरु बीपीडब्लू र सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

बिहीबारदेखि यी दुबै कम्पनीको सेयर कारोबार हुने छैन । यी संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई बिहीबारदेखि एकीकृत कारोबार सुरु हुने भएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

एकआपसमा गाभिएपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुई सातापछि एउटै कम्पनीको नामबाट सेयर कारोबार सुरु हुनेछ ।

डीडीए रिपोर्टको आधारमा १ सेयर बराबर ०.८५३५ कित्ता अनुपातमा यी दुई संस्था मर्ज भएका हुन् । यसको अर्थ तत्कालीन बीपीडब्लू लघुवित्तको १ कित्ता सेयर बराबर नयाँ गाभिएपछि बन्ने सामुदायिक लघुवित्तको ०.८५३५ कित्ता सेयर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?