+
+

क्यारो टीभी नेपालको सेवा सुरु, २ सय बढी च्यानल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १७:२७

काठमाडौं । आईपी टीभी सेवा प्रदायक कम्पनी क्यारो टीभी नेपालले सर्वाधिक आईपी टीभी च्यानल सेवा सुरु गरेको छ ।

जसमा २०० भन्दा धेरै लाइभ एचडी र एसडी च्यानलहरू सञ्चालनमा छन् । जसमा खेलकुद, समाचार, सूचानामूलक लगायत मनोरञ्जनात्मक च्यानल समावेश छन् ।

युट्युब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्समा क्यारो टीभी सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्मार्ट सेट टप बक्समा गुणस्तरीय भिडियो फोर के पज र प्ले जस्ता सुविधा ग्राहकले पाउन सक्नेछन् ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको सबै मुख्य सहरमा आईपी टीभी सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको सेवा काठमाडौं उपत्यकाका सबै ठाउँमा, पूर्वमा विर्तामोडसम्म , पश्चिममा नेपालगञ्जसम्म, पोखरादेखि वीरगञ्ज लागायत नेपालका सबै मुख्य सहरमा उपलब्ध रहेको छ । साथै क्यारो टीभीको सेवा २४ घण्टा, सातै दिन सञ्चालन हुँदै आएको कम्पनीले जनाएको छ ।

कम्पनीको नयाँ प्याकेज अनुसार १ वर्षको आईपी टीभी अफरमा १२ महिना बोनस, २४ महिना आईपी टीभीसँगै फ्री स्मार्ट सेटअप बक्स र फ्री फाइभजी डुअल ब्यान्ड राउटर, २ सय  एमबीपीएस गतिको इन्टरनेट पनि पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?