+
+

अनिता केसीले प्रितीको स्थानमा आईलिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १०:३५

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रिती राईको स्थानमा भारतीय महिला आईलिग फुटबल खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य राई घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने भएकी छिन् ।

प्रिती भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।

किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आईलिग खेल्न उत्साहित रहेको बताइन् ।

‘पहिलो पटक आईलिग खेल्ने अवसर पाएको छु । त्यसको लागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रिती घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ । तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ ।

यस सिजन ७ खेल खेलिसक्दा प्रितीसँगै दीपा शाहीले किक स्टार्सका लागि शानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रिती र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा छन् । रश्मि र अमृता स्पोर्ट्स उडिसामा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?