+
+

साफ यू-१६ महिला च्याम्पियनसिपको लिग चरणमा बंगलादेश अपराजित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते २०:३८

२५ फागुन, काठमाडौं । नेपालमा जारी साफ यू-१६ महिला च्याम्पियनसिपमा बंगलादेश लिग चरणमा अपराजित बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको टर्फ मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशले भुटानलाई ६-० ले पराजित गरेको हो ।

बंगलादेशको जितमा शौरभी अकान्डा प्रितीले २ तथा फतिमा अख्तर, क्रानुचिङ मार्मा, साथी मुन्डा र थुइनुए मार्माले एक-एक गोल गरे ।

यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको बंगलादेश राउण्ड रोविनमा सञ्चालिन प्रतियोगितामा शीर्ष स्थानमा रह्यो ।

बंगलादेशले पहिलो खेलमा घरेलु टोली नेपाललाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई ३-१ ले पराजित गरेको थियो ।

चार टोली सहभागी प्रतियोगितामा सबै तीन खेल जितेको बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा रह्यो । दुई जित र एक हारसहित ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ ।

लिग चरणमा शीर्ष दुईमा रहेका बंगलादेश र भारतबीच आउने आइतबार फाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?