+
+

लिड क्लाइम्बिङको उपाधि तेन्जिङ र पञ्चमायालाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते २०:००

६ फागुन, काठमाडौ । काठमाण्डौं स्पोर्ट क्लाइम्बिङ सेन्टर (केएससीसी) को आयोजनामा भएको मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।

कामनपा वडा नम्बर १६ कालधारा पकनाजोलमास्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिवार भएको एकदिने प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र पञ्चमाया महिलातर्फ च्याम्पिय बनेका हुन् ।

पुरुषतर्फ च्याम्पियन बनेका तेन्जिङले ८० अंक स्कोर गरर्दै नगद २० हजार र विभिन्न गिफ्ट ह्याम्पहरु जिते ।

यस्तै दोस्रो भएका साजन लामाले ५६ अंक स्को गर्दै नगद १० हजार र तथा तेस्रो भएका रोनक उप्रेतीले नगद ५ हजार रगिफ्ट ह्याम्पटरहरु प्राप्त गरे । रोनकले २० अंक स्कोर गरे ।

महिलातर्फ पहिलो भएकी पञ्चमायाले पनि २० हजार र गिफ्टह्याम्पटर प्राप्त गरिन् । यस्तै दोस्रो भएकी स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सृजना तामाङले ५ हजार नगद र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरिन् ।

खुल्ला प्रतियोगिता महिलातर्फ १४ र पुरुषतर्फ २० गरी कूल ३४ खेलाडीले सहभागिता जनाएको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए । जसमा ३ विदेश खेलाडी समेत सहभागि थिए ।

पहिलो चरणमा क्वालिफिकेसन राउण्डमा खेलाडी प्रतिस्पर्धा गराइएको र त्यसपछि अन्तिम चरणमा ८ पुरुष र ८ महिला खेलाडीबीच प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आईएफएससी) द्वारा प्रतिपादित नियम र मापदण्ड अनुसार संचालन गरिएको थियो भने नेपाल आरोहण खेलकूद संघ (एनसीएसए) ले पनि मान्यता दिएको छ । प्रतियोगिताको प्राविधिक सहयोगिको रुपमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ रहेकोछ ।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई नेपाल आरोहण खेलकुद संघका अध्यक्ष हरि धरेल, मुसा मसलाका संस्थापक अध्यक्ष माइक म्याकलिन, आयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रबन्ध निर्देशक प्रनिलमान श्रेष्ठले लगायत पुरस्कार वितरण गरेका थिए । नेपाल आरोहण संघका अध्यक्ष धरेलले पछिल्लो समय क्लाइम्बिङ स्पोर्टको दायरा फराकिलो हुँदै गइरहेको र संघले पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने तयारीमा रहेको जानकारी दिए ।

यस प्रतियोगिताको मुख्य प्रायोजक संयुक्त रुपमा अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वोङ्छु पिक प्रोमोसन रहेको छ । प्रतियोगिताको अन्य प्रायोजकहरुमा स्पोर्ट क्लाइम्बिङ्ग सेन्टरलाई प्रायोजन गर्दै आईरहेको ईटालियन ब्राण्ड स्कार्पा रहेको छ भने अन्य सह प्रायोजकहरुमा ब्ल्याक डायमण्ड, बीइएल, क्याजुअल एसजी, टक्यो पाउडर इन्डस्ट्रिज, इन्फिनिटी वेयर्स, बज्र फिटनेस, पाङ्ग्रो र पेरिपिङ्कल सर्भिसले सहयोग गरेका थिए । यस्तै कन्ट्रिबुसन प्रायोजकको रुपमा फ्रान्समा अवस्थित सुपर क्लाइम्बिङ, हस्पिटालिटी पार्टनरको रुपमा ल्यान्डमार्क होटेल एण्ड रिसोर्ट, मेडिकल पार्टनरको रुपमा स्टार हस्पिटल र सेक्युरिटि पार्टनरको रुपमा भिजन सेकुरिटिज थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?