+
+

‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ बन्यो स्पोटीफाइमा एक सातामै अर्ब पटक सुनिने पहिलो एल्बम

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १६:४१

काठमाडौं । संगीतको चर्चित प्लाटफर्म स्पोटीफाइमा अमेरिकी गायिका टेलर स्वीफ्टको नयाँ एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ले एक सातामा एक अर्बभन्दा बढी पटक सुनिने पहिलो एल्बमको कीर्तिमान राखेको छ ।

पाँचौं दिनमा यो रेकर्ड तय भएपनि साता सकिन दुई दिन बाँकी भएकाले यो संख्यामा अझै बढोत्तरी हुनेछ । स्वीफ्टले सन् २०२१ मा रिलिज भएको आफ्नै एल्बम ‘मिडनाइट्स’ले रचेको इतिहासलाई तोडेकी हुन् । अमेरिकी समयनुसार बिहीबार बेलुकासम्म बिलबोर्डको तालिका र आइतबार लुमिनेटको नतिजा नआउँदासम्म यकिन तथ्यांक भने आउँदैन । तर अनुमानअनुसार स्वीफ्टको यो एल्बमले दुई मिलियनको आँकडा पार गर्नेछ । यसअघि एल्बम बिक्रीको यो रेकर्ड ९ वर्षअघिको एडेलको एल्बम ‘२५’ सँग थियो ।

लुमिनेट र बिलबोर्डले रिलिजको तीन दिनमै ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’का ७ लाख प्रति एल्बम बिक्री भएको जनाएका छन् । एक सातामै एल्बमको यो बिक्री आधुनिक संगीतको इतिहासमा पहिलो भएको जनाइएको छ । अझै चार दिनको तथ्यांक आउन बाँकी छ ।

साउण्ड स्क्यानले सन् १९९१ मा एल्बम बिक्रीको अभिलेख राख्ने थालेपछि यो तथ्यांक अहिलेसम्मकै अधिक रहेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । बिलियन पटक सुनियो भन्ने खबर आउनुअघि रिलिज भएदेखि नै यो एल्बमले कीर्तिमानका अन्य उपलब्धि पनि हासिल गरिसकेको छ ।

एल्बममा संग्रहित ‘फोर्टनाइट’ गीतले स्पोटीफाइमा एकैदिनमा धेरैपटक सुनिने गीतको रेकर्ड राखिसकेको छ । एकैदिनमा धेरै स्ट्रिमिङ हुने गीतको रेकर्डसहित यो एल्बमले धेरै प्रतिक्षित एल्बमको अर्को रेकर्ड पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?