+
+

मर्जपछिको नेरुडे मिर्मिरे लघुवित्तले फागुन ३० देखि कारोबार थाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते ९:१८

२७ फागुन, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० देखि कारोबार सुरु गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै गाभिएर बनेको लघुवित्तको फागुन ३० देखि एकीकृत कारोबार सुरु हुने जनाएको हो । १ बराबर १ को अनुपातमा यी दुई कम्पनीबीच मर्ज भएको हो ।

लगानीकर्तासँग यी दुई कम्पनीको हाल कायम सेयर बराबर नै मर्जपछि बन्ने संस्थाको सेयर कायम हुनेछ । २०७९ पुसमा दुई कम्पनीबीच एकआपसमा गाभिनेसम्बन्धी सम्झौता भएको थियो भने २०८० कात्तिकमा राष्ट्र बैंकले स्वीकृति दिएको छ । मर्जपछि बन्ने लघुवित्तको अध्यक्षमा टेकबहादुर बोहोरा रहनेछन् भने सीईओमा भोजराज बस्याल रहनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?