+
+

अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १४:५९

२७ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन् ।

बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन आइतबार मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा उनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए ।

‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड हो’, पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।’

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा आईटी राम्रो सम्भावनाको क्षेत्र भएको बताए । लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने बताउँदै सरकार त्यसले त्यसको तयारीका लागि तीव्रता दिइरहेको उल्लेख गरे ।

जवाफमा राजदूत थम्पसनले लगानी सम्मेलनमा ठूलो संख्यामा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए ।

उनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?