+
+

प्रधानमन्त्रीले ३० फागुनमा विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते २१:३३

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फाुगन ३० गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने समयबारे जानकारी गराएका हुन् । त्यसअनुसार संसद सचिवालयले व्यवस्थापन गर्नेछ ।

यसअघि, नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?