+
+

पारस र स्यामसनको उत्कृष्ट प्रदर्शनमा विश्वकप लेजेन्ड्सलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते २०:२३

२८ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र अनुभवी प्रशिक्षक स्यामसनजंग थापाको उत्कृष्ट प्रदर्शनमा विश्वकप २०१४ लेजेन्ड्सले एक्स्ट्राटेक लेजेन्ड्स कपको फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै उपाधि जितेको छ ।

जितको लागि १०२ रनको विजयी लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन बनायो । रेस्ट अफ नेपालका लाक्पा लामाले १० ओभरमा ४ विकेट गुमाउँदै २० रन बनाए । युनिल श्रेष्ठले १२ बलमा १ चौका र १ छक्कासहित १८ रन जोडे ।

सीता रानामगरले १४ बलमा २ चौकासहित १२ रन बनाइन् । पारस लुनिया र विनोद दासले ५/५ रन बनाए । विकाश दली १, जय प्रकाश सरार्फ ६, राजु बस्न्यात १ र धिरेन्द्र चन्द डक आउट भए ।

स्यामसन जंग थापाले २ ओभरमा ७ रन खर्चेर ४ विकेट लिए । शक्ति गौचनले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । बद्री पंगेनीले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । ममता थापाले १ विकेट लिइन् ।

त्यसअघि तिलोत्तममा स्थित एक्स्ट्राटेक ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको लेजेन्ड्स २०१४ ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनायो । पारसले १२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

ओपनर वीरेन्द्र शाह १८ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा रन आउट भए । प्रफुल्ल वैद्यले १३, शरद भेषावकर डक, दीपेन्द्र लाम्गाडे ९ रनमा आउट भए ।

रेस्ट अफ नेपालका स्पिनर लाक्पा लामाले २ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । राज कुमार प्रधान र दीपेन्द्र चौधरीले १–१ विकेट लिए ।

त्यसअघि पहिलो खेलमा विश्वकप लेजेन्ड्सले १९९६ लेजेन्ड्सलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । रेस्ट अफ नेपालले रुपन्देही लेजेन्ड्सलाई १६ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

एक्स्ट्राटेक ओभल मैदानको उद्दघाटनमा चार टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालको पहिलो पुस्ताका खेलाडी देखि २०१४ विश्वकप खेल्दा टोलीका सदस्यहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?