+
+

अष्ट्रेलियामा ‘महाजात्रा’लाई उल्लेख्य शो  

राजन घिमिरे राजन घिमिरे
२०८० फागुन २९ गते १२:२५

सिड्नी । आगामी चैत ९ गते रिलिज तयारीमा रहेको फिल्म ‘महाजात्रा’लाई अष्ट्रेलियामा रहेका नेपालीहरु पनि प्रतीक्षामा छन् । नेपालसहित अष्ट्रेलियालगायत देशमा पनि एकैसाथ रिलिज हुँदैछ ।

अष्ट्रेलियाका विभिन्न सहरमा गरी हालसम्म ३० भन्दा बढी शो ‘महाजात्रा’का लागि निश्चित भइसकेको फिल्मको अष्ट्रेलिया प्रदर्शन व्यवस्थापक रोशन भट्टराईले जानकारी दिए ।

‘मंगलबारसम्म महाजात्रा अष्ट्रेलियाको सिड्नी र आसपास १५ शो, अ मेलबर्न, पर्थ, डार्बिन, क्यानबेरा र एडिलेटमा दुई-दुई शो र ब्रिसबेनमा आठ शो प्रदर्शन हुने निश्चित भइसकेको छ,’ उनले भने, ‘यो फिल्मप्रति चासो र उत्सुकता बढ्ने देखिन्छ । त्यसकारण अन्य शोहरू पनि थपिने अवस्था छ ।’

प्रदीप भट्टराई निर्देशित फ़िल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ र रवीन्द्र झाको प्रमुख भूमिका छ । यो फिल्मलाई अष्ट्रेलियामा रोटेपिङ इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

नेपालीहरुको उपस्थिति बाक्लिएसँगै अष्ट्रेलिया नेपाली फिल्मको महत्वपूर्ण बजार बन्दै गएको छ । यसअघि जात्रा, जात्रैजात्रा, कबड्डी ४, छक्कापञ्जा ४, जारी लगायत फिल्मले राम्रो व्यापार गरेका थिए ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?