+
+

कांग्रेसलाई ओलीको प्रश्न : पोहोर सरकारमा नभएर समर्थन गर्ने, अहिले किन नगर्ने ? 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १२:१६

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गरेका छन् । संसदमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारण बारे भनेका कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट सुरु गर्छु’, ओलीले संसदमा भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे । ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन’, उनले भने, ‘समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।’

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?