+
+

नेपाल जुन चिजमा धनी छ, त्यसकै उत्पादन महङ्गो छ : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १३:११

१ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेपाल जुन चिजमा धनी छ त्यसकै उत्पादन महंगो  रहेको बताएका छन् ।

‘हामी जुन चिजमा धनी छौं, यहाँ त्यसकै उत्पादन महङ्गो छ’ उदाहरण दिँदै सांसद साह भन्छन्, ‘नेपालमा उखु जति पनि छ तर, यहाँ चिनी महङ्गो छ ।’

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘जुन देशमा उखु छैन त्यही देशमा चिनी सस्तो हुने, जहाँ उखुको भण्डार छ त्यो देशमा चिनीको हाहाकार हुने ? महङ्गो हुने ?’

नेपाल जंगलै जंगलको देश भएको तर, विदेशी काठ अयात गर्नुपर्ने वा आउने अवस्था रहेको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताए । उनी थप्छन्, ‘…सरकार के को लागि ? राज्य के को लागि भन्ने प्रश्न छ ।’

देशलाई अगाडि बढाउन नसक्ने नेतृत्वलाई कुर्सी ओगटेर बस्ने छुट नरहेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?