+
+

पपस्टार एड सिरन मुम्बईमा, मन्नतमा शाहरुखले दिए पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १४:००

काठमाडौं । पछिल्लो समय भारत अन्तर्राष्ट्रिय सेलिब्रेटीको गन्तव्य थलोजस्तो देखिन्छ । पपक्वीन रिहानाले अनन्त अम्बानीको विवाहमा जामनगरलाई गुञ्जाएको एक साता नबित्दै पपस्टार एड सिरन यतिबेला मुम्बईमा छन् ।

यस वर्ष एसिया–युरोप टुर अन्तर्गत मार्च १६ मा मुम्बईमा आयोजना हुने कन्सर्टका लागि सिरन मुम्बईमा छन् । सन् २०१७ पछि भारतमा यो उनको दोस्रो पटकको कन्सर्ट हो ।

मुम्बई पुगेदेखि नै फ्यानले सामाजिक सञ्जालमा उनका फोटो र भिडियो देखिरहेका छन् । केही दिनअघि एक स्कुलमा पुगेर विद्यार्थीसँगै रमाइलो गरेका सिरनले बलिउड स्टारहरुसँग भेटिरहेका छन् । शाहरुख खान, गौरी खानसहित बलिउड स्टारसँगका उनका फोटो पनि आइरहेका छन् ।

शाहरुखसँगै हातै फैलाएको उनको सिग्नेचर स्टेपको नक्कल गर्दै फोटो पनि खिचाएका थिए । शाहरुख र गौरीले बुधबार बेलुका मन्नतस्थित निवासमा सिरनका लागि विशेष भोजको आयोजना गरेका थिए । गौरीले सिरनसँगका केही फोटो सेयर गरेकी छन्, जसलाई फ्यानले रुचाएको देखिन्छ ।

सिरनले चार पटक ग्रामी अवार्ड जितिसकेका छन् । सन् २०२३ मा उनले उत्कृष्ट क्लासिकल सोलो भोकल एल्बम र बेस्ट ओपेरा रेकर्डिङको विधा जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?