+
+

नवलपरासीमा भारतीय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १२:५२

१६ वैशाख, काठमाडौं । नवलपरासीमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बिहान साढे १० बजे सुनवल नगरपालिका-१२ भुमहीचोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यूपी ५५ बीटी २५४६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थिए ।

दुर्घटनामा स्कुटरको पछाडि बसेकी गुल्मी घर भई सुनवली-१३ सुन्दर बस्ती बस्ने ३७ वर्षीय कमला घर्ती मगरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको लागि पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

स्कुटर चालक सुनवल-१३ सुन्दर बस्तीकै ५५ वर्षीय कर्णबहादुर गुरुङ घाइते भएका छन् । उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालक भारत आजिङगढ बस्ने ३१ वर्षीय श्रवण यादवलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?