+
+

सुन तस्करीको प्रतिवेदन अध्ययनपछि प्रधानमन्त्रीसँग गृहमन्त्रीको भेट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १७:३८
गृहमन्त्री रवि लामिछाने।

१ चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

गृहमन्त्रीको सचिवालयमा कार्यरत प्रतिभा रावलले गृहमन्त्री लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्रीसँग भेट गरेको अनलाइनखबरसँग पुष्टि गरिन् । लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएका छन् ।

सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरुबारे आयोगले अध्ययन गरेको थियो । त्यसरी प्रहरी कारबाहीमा छुटेकाहरुलाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्य बताउँछन् ।

आयोगको ब्रिफिङपछि बुझेको प्रतिवेदन लामिछानेले अध्ययन गरेका थिए । आयोगका अध्यक्ष आचार्यका अनुसार, कारबाही सिफारिसका विषयहरु ४८५ पृष्ठको प्रतिवेदनको परिच्छेद १३ मा रहेको ब्रिफिङ गरिएको थियो ।

लगत्तै अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् । यसपछि उनले प्रहरी महानिरीक्षक कुँवरलाई छलफलका लागि बोलाएका हुन् ।

आयोगले सीआईबीले बयान कागज गरेर छाडेका २१ जनालाई बयान गराएको थियो । थप १४ जनासँग पनि आयोगले सोधपुछ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?