+
+

सहकारी विभाग जान प्रहरीले रोकेपछि प्रदर्शनी मार्गमै धर्ना बसे सहकारी पीडित

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत १ गते १८:०४

१ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित सहकारी विभागतर्फ अघि बढेका सहकारी पीडितलाई प्रहरीले प्रदर्शनीमार्गस्थित राष्ट्रियस सभागृह अगाडि रोकेको छ ।

प्रहरीले रोकेपछि उनीहरूले त्यहीँ धर्ना दिएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बचत रकम फिर्ता र ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाहीको माग गर्दै देशभरका सहकारी पीडित काठमाडौँमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले भृकुटीमण्डपमा भेला भएर धर्ना दिन सहकारी विभागतर्फ जान लागेका बेला प्रहरीले रोकेको हो ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?