+
+

बादशाहसँग नेपाली गायिका प्रजिनाको सहकार्य, शाहरुख खानले दिए आवाज

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते ११:२४

काठमाडौं । भारतीय पपस्टार बादशाहले तेस्रो स्टुडियो एल्बमको रुपमा ‘एक था राजा’ ल्याउने घोषणा गरेका छन्, जुन सोमबार रिलिज हुँदैछ । बिहीबार बेलुका भिडियोमार्फत एल्बम घोषणा गर्दै उनले रोचक लाइनअप पस्किएका छन् ।

जसमा १६ गीतको लाइनअप तयार छ । यो गीतका लागि बादशाहले चर्चित भारतीय र्‍यापरहरु आस्था गिल, एमसी स्टान, डिभाइन, रफ्तार, गायक अरिजित सिंह, एक्ट्रेस नोरा फतेही लगायतसँग सहकार्य गरेका छन् । घोषणा भिडियोमा बलिउड अभिनेता शाहरुख खानले आवाज दिएका छन् ।

यो लाइनअपमा नेपाली गायिका प्रजिनाको पनि नाम छ, जो पछिल्लो समय नेपाली युवापुस्तामाझ चर्चित छिन् ।

प्रजिनाले आफ्नो सामाजिक सञ्जालबाट बादशाहको पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएकी छन् । नेपाली गायिकाको यो भारतीय पप उद्योगमा भएको छलाङलाई लिएर फ्यान पनि उत्साहित छन् । ‘यो सहर’ गीतबाट उनले एकाएक चर्चा बटुलिन्, जसलाई युट्युबमा ३५ लाख पटक हेरिएको छ ।

आफ्नो १२ वर्षभन्दा लामो सांगीतिक करिअरलाई सेलिब्रेसन गर्न बादशाहले एल्बम रिलिज गरेका हुन् । टाइम्स अफ इण्डियाले बादशाहको यो नयाँ एल्बमले परम्परागत संगीत निर्माणको शैलीलाई बदल्ने उल्लेख गरेको छ । उक्त अखबारका अनुसार यो एल्बमका लागि १८ महिनासम्म क्युरेट गरिएको थियो ।

एल्बमका लागि २५ भन्दा बढी निर्माता रहेको र विश्वभरका संगीतकर्मी यसमा जोडिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?