+
+

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २१:५८

काठमाडौं । नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ । यो गीतमा प्रजिनासहित बादशाह र लोकप्रिय भारतीय र्‍यापर कृष्ण पनि फिचर्ड छन् ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रजिनाले गाएकी छन् । उनको गायकीको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि यो ट्रयाक तपाईंलाई श्रुतिप्रिय हुनसक्छ । यो गीत युट्युवको नेपाल ट्रेन्डिङमा समेत छ । दुई साताअघि बादशाहले आफ्नो बहुप्रतीक्षित एल्बम ‘एक था राजा’ ल्याउने घोषणा गरेका थिए ।

यो एल्बमको लाइनअपमा नेपाली ट्यालेन्ट प्रजिनासहित भारतीय संगीतका ठूला नामहरु अरिजित सिंह, डिभाइन, निकिता गान्धी, आस्था गिल, रफ्तार, नोरा फतेही, एमसी स्टान छन् । कूल १६ गीत समावेश हुने यो एल्बम बादशाहको तेस्रो एल्बम हो ।

यसअघि उनले सन् २०१८ मा ‘वान’ र ‘द पावर अफ अ ड्रिम्स अफ अ किड’लाई सन् २०२० मा ल्याएका थिए । पछिल्लो एल्बमको घोषणा भिडियोलाई बलिउड स्टार शाहरुख खानले न्यारेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?