+
+

चिनियाँ सुन तस्करसँग पूर्वउपराष्ट्रपतिका सल्लाहकारको साँठगाँठ, मुद्दा चलाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १२:००

२ चैत, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङको चिनियाँ सुन तस्करसँग निकट सम्बन्ध देखिएको छ ।

भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला परेको हो ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले गरेको जाँचमा यो तथ्य फेला परेको थियो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, गुरुङ, चिनियाँ तस्करी वाङ र पूर्वसभामुख कृष्णबहादुर महराबीच पटक–पटक भेटघाट भएको तथ्यसमेत फेला परेको छ ।

यसपछि आयोगले गुरुङ र महरालाई समेत सुन तस्करीमा मुद्दा चलाउन सिफारिस गरेको छ । गुरुङलाई विमानस्थल भन्सारको सिफारिसमा सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो । भन्सारले अनुसन्धान गरेर उनीविरुद्ध रायसहितको प्रतिवेदन अदालतमा बुझाएको छ । गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?