+
+

क्लोपका लागि हरेक ट्रफी जित्न चाहन्छ लिभरपुल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १२:५५

२ चैत, काठमाडौं । लिभरपुलका डिफेन्डर कोनोर ब्राडलीले सिजनको अन्तिममा क्लब छाड्न लागेका प्रशिक्षक योर्गन क्लोपका लागि सम्भावित सबै ट्रफी जित्न चाहेको बताएका छन् ।

युरोपा लिगको क्वार्टरफाइनल अन्तर्गत दोस्रो लेगमा स्पार्टा प्रागलाई लिभरपुरलले फराकिलो अन्तरले पराजित गरेपछि ब्राडलीले यसो भनेका हुन् ।

पहिलो लेग ५–१ ले जितेको लिभरपुलले दोस्रो लेगमा ६–१ को जितसहित समग्रमा ११–२ ले नतिजा आफ्नो पक्षमा पारेको छ । युरोपियन प्रतियोगितामा पछिल्लो चार दशकमा यो समग्रमा सबैभन्दा ठूलो अन्तरको जित हो ।

लिभरपुलले सन् १९८०–८१ को युरोपियन कपमा फिनिस क्लब ओउलुन पाल्लोसेउराविरुद्ध पहिलो चरणमा प्राप्त जितको बराबरी पनि गरेको हो ।

‘मैले यस क्लबमा चिनेको क्लोप एक्लो म्यानेजर हुन् । त्यसैले उनले क्लब छाड्नु दुःखद हो’, नर्दन आयरल्याण्डका फुलब्याक समेत रहेका ब्राडलीले टीएनटी स्पोर्ट्ससँग भने, ‘हामी उनको लागि हरेक ट्रफी जित्न चाहन्छौँ र हामीले सक्ने जति राम्रो सम्मान दिन चाहन्छौँ ।’

फेब्रुअरीमा काराबाओ (लिग कप) कपको उपाधि जितिसकेको लिभरपुल प्रिमियर लिगमा दोस्रो स्थानमा छ । यस्तै एफए कपको अन्तिम ८ मा म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?