+
+

टुलुजसँग लिभरपुलको आश्चर्यजनक हार

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते ८:०७

२४ कात्तिक, काठमाडौं । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल फ्रेन्च क्लब टुलुजसँग ३-२ ले पराजित भएको छ ।

खेलको अन्त्यतिर जारेल क्वान्साले बराबरी गोल फर्काए पनि त्यसलाई भिएबरले मान्यता नदिँदा लिभरपुलले आश्चर्यजनक हारे बेहोर्‍यो ।

इन्जुरी टाइमको सातौं मिनेटमा जारेलले गोल गर्दै लिभरपुलले खुशीयाली मनाउन थालिसकेको थियो । तर बुल्गेरियन रेफ्री जर्जी काबाकोभले भीएआरको सहयोग लिए । गोल अघि नै म्याक एलिस्टरले बल ह्याण्ड गरेको देखिएपछि भीएआरले गोल मान्यता दिएन ।

आरोन डोनुमले ३६औं र थिज डालिङ्गाले ५८औं मिनेटमा गोल गर्दै टुलुजलाई घरेलु मैदानमा दुई गोलको अग्रता दिलाएका थिए । टुलुजकै क्रिस्टियन कासेरेस ७४औं आत्मघाती गोल गरेपछि लिभरपुलको खेलमा फर्कने संकेत देखिएको थियो । तर फ्रांक माग्रीले ७६औं मिनेटमा गोल गर्दै टुलुजको ३-२ को अग्रता दिलाए । लिभरपुलका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिएगो जोटाले ८९औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारे । तर हार टार्न पर्याप्त भएन ।

यस हारपछि समूह ई मा लिभरपुलको शतप्रतिशत जित यात्रा रोकिएको छ र चार खेलबाट लिभरपुल ९ अंकसहित शीर्ष स्थानमै छ । समान खेलबाट ७ अंक जोडेर टुलुज दोस्रो स्थानमा उक्लेको छ ।

बिहीबार राति भएका अन्य खेलमा इंग्लिस क्लबहरु ब्राइटनले आयाक्सलाई २-० र वेस्टह्यामले ओलम्पियाकोजलाई १-० ले पराजित गरेका छन्।

यस्तै रेन्सले पानाथिनाइकवसलाई ३-१ ले, भियारियालले मकाबी हाइफालाई २-१ ले, फेइवर्गले टीएससी बाक्का टोपोलोलाई ५-० ले, मार्सेले एइके एथेन्सलाई २-० ले, रियल बेटिसले अरिस लिमासोललले ४-१ ले, रेन्जर्सले स्पार्टा प्रागलाई २-१ ले, एटलान्टाले स्टर्म ग्राजलाई १-० ले र स्पोर्टिङ सिपीले राकोव चेस्टोचोवालाई २-१ ले पराजित गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?