+
+

अविलम्ब सुन तस्करीको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सूर्य थापाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १३:५४

२ चैत, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सुन तस्करीको छानबिन प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

प्रतिपक्षमा रहँदा आफ्नो पार्टीले निरन्तर आन्दोलन गरेपछि डिल्लिराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको उल्लेख गर्दै उनले उक्त आयोगको प्रतिवेदन सबैले अध्ययन गर्न पाउनुपर्ने पनि आफूहरुको माग रहेको बताए ।

आचार्य नेतृत्वको आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । सिफारिस सहितको उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

आयोगको प्रतिवेदनको सन्दर्भमा आवश्यक निर्णय लिन प्रधनमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक समेत बोलाएका छन् ।

यहीबेला सरकारको प्रमुख घटन एमालेका सांसद थापाले उक्त प्रतिवेदन सार्वजनिक गर्न र भएको सिफारिस अनुसार कारबाही गनै प्रधानमन्त्रीको नामै लिएर आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्युल त्यसलाई अविलम्ब सार्वजनिक गर्ने, त्यसको कार्यान्वयन गर्ने र सुनशासन अन्त्य गर्ने, सुशासन सुरुवात गरेर देशलाई एउटा नयाँ ढंगले विश्वासको वातावरणमा आशाको सन्देश प्रवाह गर्ने काम गर्नुहोस्’ उनले भने ।

प्रधानमन्त्रीले सुशासनको कुरा गर्दै आएको उल्लेख गर्दै उनले सुशासन भनेको प्रतिवेदन सार्वजनिक गरेर अगाडि बढ्नु रहेको उनले बताए ।

विगतमा यस्ता प्रतिवेदनहरु सार्वजनिक नगर्ने प्रवृति रहेतापनि अब सार्वजनिक गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

कारबाही गरेपछि जनतामा विश्वास र आशाको संचार हुने र नयाँ गठबन्धन बन्नुको औचित्य समेत स्थापित हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?