+
+

श्रम शक्तिबाट नै समृद्धि सम्भव छ : मुख्यमन्त्री कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते ९:३४

१९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले श्रम शक्तिबाट नै समृद्धि सम्भव भएको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रम शक्तिबाट नै समृद्धि सम्भव छ भन्ने मान्यताका साथ अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

‘श्रम शक्तिको विकासबाट नै समृद्ध नेपाल निर्माण सम्भव छ भन्ने मान्यताका साथ अघि बढ्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदछु’ शुभकामना सन्देश जारी गर्दै कँडेलले भनेका छन् ।

कँडेलले सबै नेपाली श्रमिक तथा मजदुरहरूले आफ्नो एकाधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रूपमा प्रयोग गर्न सक्नुपर्ने बताए ।

‘आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमिकहरूलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रूपमा बुलन्द गरी विश्वभरिका श्रमिकहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मैले गरेको छु,’ मुख्यमन्त्री कँडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

आजको दिने सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानबाट ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन लगायतका हक, अधिकारको स्मरणसमेत गराएको कँडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?