+
+

यो साता माइक्रोफाइनान्स ७.६ प्रतिशत बढ्यो, यी हुन् मूल्य धेरै बढेका कम्पनी

दुई साता लगातार बढेको बजार अन्तिमतिर ओरालो लागेका कारण केही ‘करेक्सन’ लम्बिन सक्ने अनुमान छ । बजार बढ्दा कारोबार रकम पनि उल्लेख्य देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १६:१०

२ चैत, काठमाडौं । गएको साताको तुलनामा यो साता सेयर बजार ५० अंक बढेको छ । गत साता २०३० अंकमा रहेको सेयर बजार यो साता २०८० अंकमा पुगेको छ ।

प्रतिशतका आधारमा गत साता २.९४ प्रतिशत उक्लेको बजार यो साता २.४६ प्रतिशत बढ्यो । यो साताका अन्तिम दुई दिन बजार घटे पनि दुई साता अवधि हेर्दा बजार ५ प्रतिशतभन्दा धेरै बढेको छ । यो साता ४ दिन मात्रै कारोबार भयो । तीमध्ये सुरुका दुई दिन बजार बढ्यो भने पछिल्ला दुई दिन घट्यो ।

आइतबार २२.१० अंक बढेको सेयर बजार सोमबार सार्वजनिक बिदाका कारण बन्द रह्यो । मंगलबार ५८।५८ अंक बढेसँगै २१११ मा पुगेको बजार बुधबार २.४८ र बिहीबार २७.८४ अंक घट्यो ।

दुई साता लगातार बढेको बजार अन्तिमतिर ओरालो लागेका कारण केही ‘करेक्सन’ लम्बिन सक्ने अनुमान छ । बजार बढ्दा कारोबार रकम पनि उल्लेख्य देखिन्छ । आइतबार २ अर्ब ९२ करोड, मंगलबार ४ अर्ब ५५ करोड, बुधबार ४ अर्ब १७ करोड र ३ अर्ब ९४ करोडको कारोबार भयो । सोमबार सरकारी बिदा भएकाले सेयर बजार बन्द थियो ।
माइक्रोफाइनान्समा उल्लेख्य वृद्धि, हाइड्रोपावरमा गिरावट

यो साता माइक्रोफाइनान्स समूह उल्लेख्य बढेको छ । गत साताको तुलनामा यो समूह ७.६६ प्रतिशत बढ्यो । सेयर बजारमा यसअघि पालैपालो विभिन्न समूहका सूचकमा लगानीकर्ताको आकर्षण देखिए पनि माइक्रोफाइनान्सको भने पालो आएको थिएन ।

खासगरी लघुवित्तबाट ऋण लिएकाले संघर्ष समिति बनाएर आन्दोलन गरेपछि यो क्षेत्र सशंकित रहँदै आएको थियो । लघुवित्तबाट लिएको २० लाखसम्मको ऋण मिनाहा हुनुपर्नेजस्ता माग तेर्स्याएर यो संघर्ष समितिले राजधानीमा आन्दोलन चर्काएपछि यी कम्पनीको सेयरमा विकर्षण बढेको थियो ।

सत्ता गठबन्धन परिवर्तन हुनु र मिटरब्याज पीडितसँग सरकारको वार्ता सहमतिमा पुगेसँगै लघुवित्त क्षेत्रको समस्या पनि सरकारले हल गर्न प्रयास गर्ने अनुमान साथ यो साता माइक्रोफाइनान्समा लगानी आकर्षित भयो ।

मूल्य पनि घटेको मौकामा लगानी बढ्दा न्यून आपूर्ति रहेको माइक्रोफाइनान्स क्षेत्र बढ्नमा टेवा पुग्यो । यो साता मूल्य धेरै बढेका कम्पनीमा पनि माइक्रोफाइनान्सहरू अगाडि रहे ।

मूल्य धेरै बढेका आठ कम्पनीमा सबै लघुवित्त कम्पनी छन् । माइक्रोफाइनान्सपछि फाइनान्समा यो साता लगानीकर्ताको आकर्षण देखियो । सो समूह यो साता ५ प्रतिशत बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?